कपिलवस्तु, २६ बैशाख । कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीया सेती तामाङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५÷५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया