जनकपुरधाम, २६ बैशाख । मधेश प्रदेशसभा बैठक आगामी जेठ २ गते बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवका अनुसार जेठ २ गतेका लागि आह्वान गरिएको हो ।
उक्त बैठकमा चारवटा विधेयक पेश गर्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायातसम्बन्धी विधेयक प्रदेशसभामा पेश गरिने भएको छ ।
अघिल्लो सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको पालामा उक्त विधेयक तयार पारिएको थियो ।
त्यस्तै बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पेश हुने सम्भावित कार्यसूचीमा रहेको सचिव यादवले जानकारी एका हुन् ।
तपाईको प्रतिक्रिया