पूर्वगृहमन्त्री खाँण पक्राउ

समाचार

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाँणलाई प्रहरीले बुधवार बिहान निवासबाटै पक्राउ गरेको हो ।

थप सोधपुछ र प्रमाण जुटाउन अनुसन्धानलाई प्रभावकारी बनाउन उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ