वीरगन्ज, २८ बैशाख । भोजपुरी प्रतिष्ठान वीरगञ्जले भाषा आयोगसँगको सहकार्यमा वीरगञ्जमा विमर्श गोष्ठी सम्पन्न भएको छ ।
भोजपुरी प्रतिष्ठान वीरगञ्जले भाषा आयोगसँगको सहकार्यमा ‘मातृभाषा में शिक्षा के सन्दर्भ–भोजपुरी में पठनपाठन’ विषयक विमर्श गोष्ठी आयोजना गरिएको हो ।
सो गोष्ठीलाई सम्बोधन गर्दै महानगर प्रमुख राजेशमान सिंहले मातृभाषाको संरक्षणका लागि महानगरले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
मेयर सिंहले विद्यालयदेखि नै बालबालिकालाई भोजपुरी भाषाप्रतिको अपन्त बढाउनुपर्नेमा जोड दिए । साथै उनले नैतिक विषयलाई भोजपुरी भाषामा पढाउँदा उपयुक्त हुने सुझाव पनि दिए ।
साथै उनले भोजपुरी प्रतिष्ठान पछिल्लो समय निष्क्रिय रहेकोमा चिन्ता व्यक्त गर्दै सक्रिय हुन पनि आग्रह गरेका छन् । प्रारम्भिक शिक्षा मातृभाषामा सञ्चालन गर्न सके सिकाई प्रक्रिया सहज हुने भाषा आयोग नेपालका अध्यक्ष डा. गोपाल ठाकुरको विश्वास छ ।
ठाकुरले स्थानीय भाषामा पठनपाठन लागु गर्न स्थानीय सरकार तथा समाज पनि गम्भिरताका साथ लाग्नु पर्ने आवश्यकता औँल्याए ।
वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले कुनै समुदायको इतिहास समाप्त गर्नु परेमा सो समुदायको भाषालाई समाप्त गरे पुग्ने बताए ।
तसर्थ आफ्नो मातृभाषाको संरक्षणमा सबै जना गम्भीरताको साथ लाग्नु पर्ने कर्णको धारण छ । भाषा आयोगका सदस्य गोपाल अश्कले मातृ भाषामा रोजगारी सृजना गर्न सके मातृ भाषाको विकास हुने बताए ।
तपाईको प्रतिक्रिया