कपिलवस्तु, २८ बैशाख । जिल्लाको विजयनगर गाउँपालिकामा आ.व.०७९/०८० मा हाल सम्म आन्तरिक स्रोतबाट जम्मा ६६ लाख १६ हजार ९ सय १७ रुपैया ६६ पैसा राजश्व संकलन भएको छ ।
पालिकाले आ.ब. ०७९/०८० मा आन्तरिक श्रोत तर्फ ४ करोड ५३ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।
आर्थिक बर्ष सकिन २ महिना मात्रै बाकि रहदाँ अनुमानित आयको ४१ प्रतिशत रकम प्राप्त गर्न बाँकी रहेको छ । गाउँपालिकाले आ.ब. ०७९/०८ मा बार्षिक अनुमानित आय तर्फ ६६ करोड ४५ लाख ६५ हजार तर्जुमा गरेको छ ।
जसमा हाल सम्म ३९ करोड ३७ लाख ५ हजार, ८ सय ४१ रुपैया १८ पैसा आम्दानी गरेको छ । संघले पठाउने समानिकरण अनुदान ५० प्रतिशत रकम प्राप्त गर्न बाकी रहेको छ ।
गाउँपालिकाले अनुमानित आय तर्फ नेपाल सरकार समानिकरण अनुदानमा १३ करोड १५ लाख मध्ये ९ करोड ८६ लाख २५ हजार आम्दानी गरेको छ ।
यस्तै लुम्बिनी प्रदेश समानिकरण अनुदान ७२ लाख ९ हजार मध्ये ५० प्रतिशत घट्दा ३६ लाख ४ हजार ५ सय आम्दानी गरेको छ ।
यस्तै राजश्व बाडफाँडमा ३ करोड ४४ लाख अनुमान गरिएकोमा हाल सम्म ५३ लाख ५९ हजार ८ सय २७ रुपैया मात्रै आम्दानी भएको छ ।
राजश्व बाडफाँड संघिय सरकार तर्फ ११करोड ६३ लाख ७१ हजार अनुमान गरिएकोमा हाल सम्म जम्मा ६ करोड ७ लाख ८४ हजार ५ सय ३० रुपैया १९ पैसा आम्दानी भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया