जनकपुरधाम, २८ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा दाबी गरेका छन् ।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने अब लोसपाको रहेको जिकिर गरेका छन् ।
उनले नयाँ गठबन्धन बनेसँगै विभिन्न प्रदेशहरुमा सरकार परिवर्तन भइरहेकोले मधेश प्रदेशमा पनि अब सरकार परिवर्तन हुने र लोसपाले नेतृत्व गर्ने संकेत गरेका हुन् ।
उनले गठबन्धनको मर्म अनुसार अन्य प्रदेशहरुमा सरकारको नेतृत्व परिवर्तन भएसरह नै मधेश प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरुप परिमार्जन हुनुपर्ने बताए ।
उनले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दावी रहने बताउँदै गठन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अव लोसपाकै पालो हुनुपर्ने उनको भनाई छ ।
उपनिर्वाचन अगाडि नै मधेश प्रदेशको सरकारका विषयमा दलहरुबीच सहमती भइसकेको भन्दै उनले त्यसै अनुसार मधेश सरकार परिवर्तन हुने बताएका थिए ।
तपाईको प्रतिक्रिया