काठमाडौं, २८ बैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यसपाली किसानलाई समयमै रासायनिक मल सहज रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा मन्त्री भुसालले किसानहरूले विगतका वर्षहरुमा झैँ रासायनिक मल अभावको समस्या भोग्न नपर्ने विचार व्यक्त गरेका हुन् ।
बैठकमा सांसदहरु कमला पन्त, नारायण दाहाल, बामदेव गौतम, भुवनबहादुर सिंह, रमेशजंग रायमाझी, विमला घिमिरे, सिंहबहादुर विश्वकर्माले सरकारले किसानहरूलाई कृषि मल र विउविजन समयैमा उपलब्ध गराउनुपर्नेमा जोड दिरे ।
समितिको बैठकमा सांसदहरुले किसानले पाउनुपर्ने कृषि अनुदान वितरण प्रक्रियालाई सहज बनाउनुपर्ने, कृषिजन्य बस्तुहरूको मागअनुसार बजार व्यवस्थापनलाई ध्यान दिइनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया