कैलाली, २९ बैशाख । धनगढी उपमहानगरपालिका–१ बसन्तटोल बस्ने डबल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।
सोही ठाउँ बस्ने ४५ वर्षीय जनक देउवासहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको अधारनमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय ७५ रूपैयाँ र १ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया