आगलागीमा चार जनाको घरगोठ जल्यो

समाचार

कपिलवस्तु, २९ बैशाख । विजयनगर गाउँपालिका–७ मननगर बस्ने कनैराम हरिजनसहित ४ जनाको घर र गोठ जलेका छन् ।

बिहीबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ