लागूऔषधसहित दुई जना पक्राउ

समाचार

कपिलवस्तु, २९ बैशाख । मायादेबी गाउँपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका–८ बस्ने २६ वर्षीय कृष्ण भण्डारी र सोही नगरपालिका–४ सिदिपुर बस्ने १९ वर्षीय मोहित चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु.३० प १८७० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कपिलवस्तु नगरपालिका–७ धरमपानिया बस्ने २४ वर्षीय सोनु खठिकबाट किनेर ल्याएको खुल्नआएपछी सोनुको घरबाट २ ग्राम ७ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २४ हजार २ सय ५० रूपैयाँ फेला पारी सोनुसमेतलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ