पर्सा, ३० बैशाख । बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित सडकमा ना.३६ प ७९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
शुक्रबार राति दुर्घटना हुँदा चालक वीरगंज महानगरपालिका–२१ वसडिलुवा बस्ने ४५ वर्षीय गौतम चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया