जनकपुरधाम, ३१ बैशाख । जनकपुरधाम उपमहानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आठ सदस्यीय नगर कमिटी गठन भएको छ ।
जनकपुरधाम उपमहानगर समितिको सभापतिमा अप्पु मण्डल, उपसभापतिमा अमर साह, सचिवमा सृष्टि दत्त र कोषाध्यक्ष पदमा विजय कुमार साह सर्वसहमति रुपमा चयन भएको रास्वपाका धनुषा जिल्ला अध्यक्ष डा. जयप्रकाश महतोले जानकारी दिएका हुन् ।
नगर समितिको सदस्यहरुमा राकेश चौधरी, ललन नायक, सन्तोष आनन्द र गङ्गा प्रसाद यादव रहेका छन् ।
रास्वपाले नगर समिति बनाउनुको साथै ¥यापीड एक्सन टिम (आरएटी) पनि बनाएका छन् । यसको नेतृत्व शत्रुधन पंजियारले गरिरहेका छन् ।
उपाध्यक्ष पदमा विवेक बिक्रम कामती, सचीवमा पुरुषोत्तम चौधरी, उप सचिव दीपेश झा र कोषाध्यक्षमा रोनक ठाकुर रहेका छन् । संगठनले यस टिममा पछि सदस्य थप्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया