कैलाली, ३१ बैशाख । धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली नजिक बस्ने ४३ वर्षीय कृष्ण दत्त पाण्डेको खाद्यान्न गोदाममा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा गोदामभित्र रहेको खाद्य सामान र गोदाम जलेर करिब ६ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया