सप्तरी, ३१ बैशाख । एक युवकको हत्या गरी फ्याँकिएको अवस्थामा शव फेला परेको छ ।
जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रुपनी राजविराज खण्डको रुपनीमा शम्भुनाथ नगरपालिका २ बस्ने मो. लुकमानको २० वर्षीय छोरा मो. तफेजुलको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार बेलुका घरबाट निस्केका तफेजुल आइतबार बिहान अर्ध नग्न अवस्थामा रुपनी बजार क्षेत्रदेखि २५ मिटर पर खेतमा मृत फेला परेका हुन ।
घटनाबारे तालिम प्राप्त कुकुरको सहायताले सूक्ष्म अनुसन्धान सुरु गरिसकेको तथा अनुसन्धानपछि मात्रै कुनै कुरा यकिन गर्न सकिने सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
मृतकका आफन्तले भने हत्या गरिएको दाबी गर्दै घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।
तपाईको प्रतिक्रिया