मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

समाचार

मोरङ, १ जेठ । मोरङ जिल्लाका विभिन्न स्थानबाट को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प १३२३ नम्बरको मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–६ बस्ने १९ वर्षीय प्रकाश सरदार, धनपालथान गाउँपालिका–५ बस्ने २० वर्षीय दिपेश कुमार सरदार, सोही गाउँपालिका–६ बस्ने २१ वर्षीय विजय सहनी, २५ वर्षीय जितेन कुमार राय र बिराटनगर महानगरपालिका–८ बस्ने २० वर्षीय रोहित चौधरी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरु उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ