नवलपरासी (पूर्व), १ जेठ । मध्यबिन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
सोही गाउँपालिका–२ कोलुहवा बस्ने वर्ष ५५ वर्षीय सोम बहादुर बोटे र निजकी श्रीमती ५० वर्षीया बगरी बोटेको आइतबार दिउँसो मृत्यु भएको हो ।
न्यूरोको साग टिप्नको लागि नदी तर्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र प्रहरी चौकी कोलुहवाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उक्त स्थानमा दुवै जनाको शव फेला पारेको हो ।
तपाईको प्रतिक्रिया