कपिलबस्तु, १ जेठ । जिल्लाको महाराजगंज नगरपालिका ७ स्थित कोटियाबाटसशस्त्र प्रहरीले करीव १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको टायल, मेट्रिस र फेन्सी तथा कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलबस्तुले बरामद गरेको हो ।
यसैगरी सोही जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट जेठ १ गते सशस्त्र प्रहरीले करिव ४४ हजार रुपैयाँ बराबरको मोटरपार्टस बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्टस सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलबस्तुले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया