काठमाडौं, २ जेठ । त्रिभुवन विश्वविद्यालयले विगतदेखि एकलौटी रुपमा गर्दै आइरहेको विभिन्न पदाधिकारीहरु तथा हाल गरिएको सह–परीक्षा नियन्त्रकको नियुक्तिप्रति राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष डा.उदय कशोर तिवारीले सोमबार त्रिविका उपकुलपतिलाई अल्टिमेटम दिएका छन् ।
अध्यक्ष डा.तिवारीले अल्टिमेटरमा भनेका छन्, ‘प्राध्यापक संघको लामो सर्घष तथा आन्दोलन पश्चात विश्विद्यालय संग विगतमा भएको पटक पटकको लिखित, सम्भौता तथा पदाधिकारीहरु द्वारा गरिएको प्रतिद्वतालाई समेत आफै उलङघन गरी, दलिय स्वार्थबाट प्रेरित भई कुनै पनि सहमति तथा मापदण्डलाई आधार नवनाई गरिएको यस्ता अपारदर्शि नियुक्ति खारेज गरी, सम्मानजनक तरिकाबाट संविधानको मर्म र भावनालाई समेत ख्याल गरी यस प्राध्यापक संघसंग आपसी सहमति र सहकार्य गरी नियुक्ति गर्न/गराउन यो प्राध्यापक संघ जोडदार माग गर्दछ ।’
साथै सो नियुक्ति लगायत विगतमा गरिएका अन्य पदाधिकारीहरुको नियुक्तिहरुको संदर्भमा सहमति अनुसार विश्वविद्यालयले मिति २०८०–०२–०५ को भित्रमा कुनै ठोस पहल नगरे संघ कडा भन्दा कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ ।
यसबाट उत्पन्न सम्पूर्ण परिथितिको जिम्मेवारी विश्वविद्यालय पदाधिकारीको हुने अध्यक्ष डा.तिवारीले भनेका छन् ।
तपाईको प्रतिक्रिया