काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा सदन सञ्चालनलाई प्रभावकारी बनाउने, संसदमा विचाराधिन विधेयकलाई टुङ्गोमा पु¥याउन लगायतको विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्डले सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग भइरहेको समन्वय र सहकार्य सराहनीय रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी समेत सभामुख घिमिरेलाई गराएका हुन् ।
तपाईको प्रतिक्रिया