स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

समाचार

कैलाली, २ जेठ । धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडी चोकबाट स्रोत नखुलेको ४१ हजार नेपाली रूपैयाँ र ९ लाख भारतीय रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१० बस्ने २९ वर्षीय अक्षय राना र सोही ठाउँ बस्ने २८ वर्षीय बिजय राना रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१००९ प ३८०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ