मधेश प्रदेशमा खेलकुदसम्बन्धी विधेयक बहुमतले पारित

समाचार

जनकपुरधाम, २ जेठ । मधेश प्रदेशसभाले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।

मधेश प्रदेश सभाको मंगलबार बसेको बैठकले सो विधेयक बहुमतले पारित भएको हो ।

मुख्यमन्त्री सरोज कुमार यादवका तर्फबाट अर्थमन्त्री संजय कुमार यादवले उक्त विधेयक प्रदेश सभाको बैठकमा पेश गरेका थिए ।

प्रदेश सभामा विधेयक माथि सामान्य छलफल भई बहुमतबाट पारित भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ