कमल राज पौडेल देब कमल, बर्दिया, ३ जेठ । भ्रष्टाचारमुक्त शासन प्रशासन हुनुपर्ने माग गर्दै बर्दियाका युवा अभियन्ताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझाएको छ ।
अभियन्ताहरु दिनेशप्रसाद श्रेष्ठको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी बर्दियामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
केन्द्रदेखि जिल्ला र पालिकासम्मै भ्रष्टाचारबाट जनता पीडित रहेको भन्दै जिल्लामा खासगरेर मालपोत र नापी कार्यालयमा हुने घुसखोरी र ढिलासुस्ती हट्न नसकेको गुनासो ज्ञापनपत्रमा उल्लेख छ ।
बर्दियाको सदरमुकाम गुलरियामा नमस्ते सहकारी संस्था लि.का सञ्चालकहरुले हजारौं बचतकर्ताहरुको बचत रकम हिनामिना, भ्रष्टाचार, ठगी र अपचलन भएकोमा अझैसम्म जिल्लास्थित कुनै पनि जिम्मेवार सम्बन्धित निकायहरुले कारबाही गरेर बचतकर्ताहरुको बचत रकम फिर्ता दिलाउने कुनै पहल नगरेको ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र

तपाईको प्रतिक्रिया