लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नाउपाद्वारा आन्दोलन घोषणा

समाचार

काठमाडौं, ३ जेठ । सर्वोच्च अदालतले रेशम चौधरीको जन्मकैद फैसला सदर गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले आन्दोलन घोषणा गरेको छ ।

नाउपाले बुधबार पत्रकार सम्मेलन गर्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसहित विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

मधेश थरुहट आन्दोलनमा भएका घटनाहरुको छानबिनका लागि सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उच्चस्तरीय चाँजबुझ आयोग गठन गरेको थियो ।

सो आयोगले प्रतिवेदन बुझाउको वर्षौं भइसक्दा पनि सार्वजनिक गरिएको छैन । आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपाल बन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो ।

नाउपाले जारी गरेको विज्ञप्तिमा जेठ ३, ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ