सर्लाहीमा १६६ केजी गाँजा बरामद

समाचार

सर्लाही, ३ जेठ । जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय ६६ के.जी. गाँजा बरामद गरेको छ ।

नेपालबाट भारततर्फ लैजादै गरेको १२ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा) ले बरामद गरेको हो ।

सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा गाँजा छाडी व्यक्ति भने फरार भएका थिए ।

बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ