कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेश

समाचार

विराटनगर, ३ जेठ । प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यन्यायाधिवक्ताको कार्यालय, कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता गजेन्द्र आचार्यले काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धि ऐन, २०७५ को दफा १२ बमोजिम कार्यालयको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष ०७८/७९) पेश गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा वार्षिक प्रतिवेदन पेश गर्दै मुख्य न्यायाधिवक्ता आचार्यले हालसम्म ५२ मुद्दा फस्र्यौट भएको र ७३ मुद्दा फस्र्यौट हुन बाँकी रहेको बताएका हुन् ।

१५ जना दरवन्दी रहेकोमा १२ जनाले काम गर्नुपरेको र सम्पूर्ण कार्य सम्पादन गर्न सहन्यायधिवक्तासहित २९ दरवन्दी आवश्यक रहेको पनि बताए ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले आवश्यक जनशक्ति नभएपनि यतिका काम हुनु आफैँमा तारिफयोग्य रहेको बताए । र, प्रतिवेदन बुझाउन आउने मुख्यन्यायाधिवक्ता र टोलीलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ