रौतहट, ३ जेठ । जिल्लाको बौधिमाई नगरपालिका ५ स्थित कोपवाबाट सशस्त्र प्रहरीले करीव २ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान र नक्कली गरगहना बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको विल विजक बिनाको सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया