रूपन्देही, ४ जेठ । बुटवल उपमहानगरपालिका–९ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका–११ बस्ने ४२ वर्षीय नारायण प्रसाद सिंजापतिसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार साँझ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धान गर्ने क्रममा सोही उपमहानगरपालिका–१९ बस्ने ४१ वर्षीया माया गुरुङलाई १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद २ हजार ५ सय रूपैयाँ र नियन्त्रित लागूऔषध स्पासमुक ३३ क्यापसुलसहित प्रहरीले पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया