मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

समाचार

पर्सा, ४ जेठ । छिपरमाई गाउँपालिका–५ भिस्वास्थित सडकमा बीआर ५ ए ८३३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार पकाहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने ३७ वर्षीया ईन्दु देवीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि एलएस न्यूरो अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ