बाँके, ४ जेठ । नेपालगंज उपमहानगरपालिका–५ फुलटेक्रा बस्ने अकबर अलि खानको नुर जनरल अर्डर सप्लायर्सको सटरभित्र आगलागी भएको छ ।
विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा विभिन्न सामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया