चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको विषयमा सूचना माग

समाचार

काठमाडौं, ४ जेठ । चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको विषयमा सूचना माग गरिएको छ ।

सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्दै विनय यादवले सूचना माग गरेका हुन् ।

उनले सूचनाको लागि संस्कृति, पर्यटन तथा नागरिक उड़यन मन्त्रालयमा निवेदन दिएका हुन् । उनले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणको लागि भएको समझौताको प्रतिलिपी उपलब्ध गराई दिन निवदेन दिएका हुन् ।

त्यसैगरी उनलेसमझौता हुंदाको बखत पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको अनुमानित लागतको विषयमा पनि सूचना माग गरेका छन्।

त्यस्तै उनले समझौता पश्चात कुन–कुन मितिमा कति कति, कुन –कुन कारण, कुन प्रक्रियाले अनुमानित लागत व्रद्धि भएको जानकारी समेत माग गरेका छन् ।

त्यसैगरी परियोजनामा कुन–कुन स्रोतबाट लगानी भएको हो र परियोजनको अन्तिम कुल लागतको विषयमा पनि सूचना उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ