रौतहटमा खोज र खोप अभियान तीव्र

समाचार

प्रेमचन्द्र झा, रौतहट, ५ जेठ । जिल्लामा खोज र खोप अभियानले तीव्रता पाएका छन् । असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उदेश्यका साथ खोजौ र खौपौ अभियान चलिरहेको हो ।

नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक स्चान भइरहेका छन् ।

सो खोप केन्द्रमा बेलैमा खोप नलिएका छुटेकालाई खोज र खोप दिने अभियान संचालनमा रहेका छन् । खोप लिन छटेका १६ महिनादेखि ५९ महिना उमेर समूहको बालबालिकालाई खोप दिँदैछ ।

स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घर–घरमा गई दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरे प्रसाद यादवले बताए । जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए ।

नियमित खोपको अलावा यो अभियान भएको हो । पुर्ण खोप सुनिश्चितता बौधीमाई ,देवाही गोनाही ,परोहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गौर नगरपालिका रहेका छन् ।

खोज र खोप अभियानमा जिल्लाका सबै वालवालिका खोप पाएको देखाई सकेपछि मात्र रौतहट पुर्ण खोप घोषणा हुने प्रमुख यादवले बताए । जन्मदेखि १५ महिनाभित्र सेडुल अनुसारको खोप लिनु पर्ने हुन्छ ।

जिल्लाको नौ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखोप दिगोपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ