‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न

समाचार

काठमाडौं, ५ जेठ । दक्षिण एशियाली मुलुकबीच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न भएको छ ।

सम्मेलनको मुख्य विषयवस्तु ‘समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान’ रहेको थियो ।

भारतस्थित प्रेस क्लब अफ, आगरा र उत्तर प्रदेश पत्रकार सङ्घको आयोजना तथा सार्क जर्नालिष्टस फोरमको सहयोगमा आयोजित कार्यक्रममा नेपालका २५, बङ्गलादेशका १२ र भारतका करिब तीन सय पत्रकार सहभागी थिए ।

क्लबका अध्यक्ष अशोक अग्निहोत्री, वरिष्ठ पत्रकार विनोद भारद्वाज, आदर्श नन्दन गुप्ता, जसवीर सिंह जस्सी, शिव चौहान, सञ्जय सिंह, रिङ्की तोमर, अजेन्द्र चौहान, अरुण रावत, मनिष जैन, विजय बघेल, समीर कुरेशी, कपिल अग्रवालगायत पनि सहभागी थिए ।

वरिष्ठ पत्रकार अरुण त्रिपाठीले पत्रकार र पत्रकारिताको सङ्कटबारे प्रस्तुतीकरण गर्नुभएको सम्मेलनमा क्लबका उपाध्यक्ष विनीत दुबे, उपसचिव शोभित चतुर्वेदी र प्रेस क्लब अफ आगराका सचिव सञ्जय तिवारी, कोषाध्यक्ष विवेक जैनलगायत सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ