आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

समाचार

काठमाडौँ, ५ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका छन् ।

संघीय संसद्को दुवै सदन (राष्ट्रिय सभा, प्रतिनिधि सभा)को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सरकारले लिएका नीति तथा पहलका कारण अर्थतन्त्रमा सुधारको सङ्केत देखिन थालेको बताए ।

राष्ट्रपति पौडेलले सामाजिक सुरक्षाको दायरा बढ्दै गएको, राजस्व चुहावट नियन्त्रण हुँदै गएको, सार्वजनिक सेवा प्रवाहमा सुधार हुँदै गएको र भ्रष्टाचार नियन्त्रणमा सरकार र जनता एकै ठाउँमा उभिनुले लोकतन्त्र प्रति जनताको भरोसा बढेको बताए ।

लगानी र उत्पादनमा वृद्धि गरी अर्थतन्त्रको सुदृढीकरणमा सरकारको सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्ने बताउँदै राष्ट्रपति पौडेलले अर्थतन्त्रको पुनरुत्थानका लागि राज्यको सबै तहमा सुशासनको प्रत्याभूतिसहित विकास निर्माणका कामलाई तीव्रता दिन र सेवा प्रवाहमा सरलीकरण गरी सामाजिक न्याय सुनिश्चित गर्न सरकार सम्पूर्ण सामर्थ्यका साथ लागिरहेको बताए ।

राष्ट्रपति पौडेलले संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्च वृद्धि, उत्पादन र रोजगारी वृद्धि तथा अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधान गरी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्नु सरकारका प्रमुख नीतिगत प्राथमिकता हुने बताए ।

राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा तयारी पुरा भएका आयोजनामा मात्र बजेट विनियोजन गरिने र राष्ट्रिय गौरव तथा रणनीतिक महत्त्वका आयोजनाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राखिने बताए ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ