नाउपाद्वारा नेपाल बन्द फिर्ता

समाचार

काठमाडौँ, ६ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी नेपाल बन्द फिर्ता लिएको बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्दै पार्टीले जेठ ६ गतेदेखि गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ