सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तार

समाचार

धनगढी, ६ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिमण्डल बिस्तार गरेका छन् ।

मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रका रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, झपट बहादुर साउदलाई सामाजिक विकास मन्त्री र नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसैगरी माओवादी केन्द्रका गितादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफैसँग राखेका छन् । उक्त मन्त्रालय सत्ता साझेदार दल नागरिक उन्मुक्तिका लागि खाली राखिएको बताइएको छ ।

दुई वटा मन्त्रालय दाबी गरेको नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रिमण्डल विस्तार (सरकार)मा सहभागी भएन ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरू धामी, साउद, सिंहलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ