जनमत संग्रह गर्दै जनमत पार्टी

समाचार

काठमाडौं, ७ जेठ । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे÷नरहेको बारे जनमत संग्रह गर्ने भएको छ ।

जनमतका अध्यक्ष डा.सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी गराउँदै साउन ६ गते शनिबार जनमत संग्रह गर्न लागिएको जानकारी दिएका हुन् ।

मतदानको व्यवस्था जनमत पार्टी निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने छन् ।

‘तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणा अन्तर्गत जनताको लागि काम गरेको छ कि छैन ?’ भन्ने प्रश्नमा मतदान हुने अध्यक्ष राउतले बताएका छन् ।

भोटिङमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा÷पालिकाको जनमत पार्टीका सदस्यहरुले भाग लिन पाउनेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ