नदीमा डुबेर किशोरको मृत्यु

समाचार

कैलाली, ७ जेठ । टिकापुर नगरपालिका–५ प्रेमनगर बस्ने १७ वर्षीय अमृत चौधरीको नदीमा डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो उनको मृत्यु भएको हो ।

उक्त नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरुको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँ दौलतपुरस्थित नदीको किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ