ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

समाचार

चितवन, ७ जेठ । भरतपुर महानगरपालिका–१२ टिकौली जंगलबाट ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय सागर तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका स्कुटरमा सवार १ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ