आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

रुपन्देही, ७ जेठ । रोहिणी गाउँपालिका–३ स्थित रोहिणी एग्रो ईन्ड्रस्टिज प्रालिमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा ३० लाखभन्दा बढीको क्षति भएको छ ।

आइतबार बिहान आगलागी हुँदा करिब ३० हजार वटा बोरा र कम्प्रेसर मेसिन लगायतका सामान जलेर करिब ३० लाख रुपैयाँ धनमाल जलेर नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ