रौतहट, ८ जेठ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री ई.बसन्त कुशवाहाले किसानको समस्या समाधान गर्न हरपल अग्रसर हुन मन्त्रालय मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
आइतबार रौतहटको गौरस्थित माटो परीक्षण कार्यक्रमको अवलोकन गर्दै मन्त्री ई.कुशवाहाले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री ई.कुशवाहाले गौरस्थित कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाभरबाट संकलन गरिएको माटो परीक्षण भइरहेको छ । सोही कार्यक्रमको अवलोकन गर्न मन्त्री कुशवाहा रौतहट पुगेका थिए ।
सोही क्रममा मन्त्री कुशवाहाले कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्रबाट हुने सेवा प्रवाहको पनि अवलोकन गरेका थिए ।
तपाईको प्रतिक्रिया