आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

रुपन्देही, ८ जेठ । बुटवल उपमहानगरपालिका–८ सिद्वाबाबा अस्पतालको औषधी गोदाममा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौं धनमाल क्षति भएको छ ।

सोमबार दिउँसो आगलागी हुँदा औषधी जन्य सामग्रीहरु र टेबल पंखा ३ थान, कम्प्युटर १ थान र प्रिन्टर १ थान गरी करिब १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ