झापा, ८ जेठ । कोशी प्रदेशसँग छोटो दूरीमा रहेका पूर्वोत्तर भारतका विभिन्न तीन सहरमा ‘नेपाल प्रवर्द्धन कार्यक्रम २०२३’ हुने सुरु भएको छ ।
कोशी प्रदेशसहित नेपालमा भारतीय पर्यटक भित्र्याउने उद्देश्यसहित तीन सहरमा कार्यक्रम सुरु भएको हो ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सह आयोजनामा आज जेठ ८ गतेदेखि १३ गतेसम्म यो कार्यक्रम सञ्चालन हुनेछ ।
भारतको सिलिगुढी, असमको गुवाहटी र मेघालयको सिलोङमा नेपाल प्रवर्द्धन कार्यक्रम गरिन लागिएको जनाइएको छ ।
ती सहरमा रहेका ट्राभल एजेन्सी, ठूला होटल सञ्चालक, कर्मचारी, विभिन्न व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरूसँग बिजनेस टु बिजनेस कार्यक्रम गरिने छ ।
तपाईको प्रतिक्रिया