जसपाबाट डा.वीरेन्द्र महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त

समाचार

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी नेपालबाट एक मन्त्री र एक राज्यमन्त्री थपिएका छन् ।

जसपाबाट डा.वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

यसअघि नै जसपाबाट अशोक कुमार राई शिक्षा मन्त्री छन् ।

सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।

योसँगै प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ