मधेश प्रदेशमा युवा स्वरोजगार कार्यक्रम नमूना कार्यक्रमको रुपमा अगाडि बढाइने : मन्त्री भण्डारी

समाचार

महोत्तरी, ९ जेठ । श्रम रोजगार तथा सामाजिक सुरक्ष मन्त्री शरत्सिंह भण्डारीले मधेश प्रदेशमा युवा स्वरोजगार कार्यक्रमलाई नमूना कार्यक्रमको रुपमा अगाडि बढाइने बताएका छन् ।

बर्दिवासमा आयोजित एक कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेतासमेत रहेका मन्त्री भण्डारीले यस्तो कुरा बताएका हुन् ।

मधेश प्रदेशमा युवा स्वरोजगार कार्यक्रम नमूना कार्यक्रमको रुपमा अगाडी बढाउन मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिएका छन् ।

स्थानीय तहको सहयोग र सहकार्यमा स्थानीय युवाहरूमा सिपको विकास गराइ रोजगार सृजना गर्ने काम गर्न सबैमा आग्रहसमेत गरेरे ।

उनले ७५३ स्थानमा स्थापित रोजगार केन्द्र स्थापन भएको छ, त्यसलाई नमुनाको रुपमा अगाडि बढाउने र व्यावसायिक सीप अगाडि बढाउने उनले बताए ।

महोत्तरीको बर्दिबास रोजगार र पर्यटनको सम्भावना रहेको क्षेत्र रहेको हुँदा त्यहीँ अनुरुप विकास गर्न बर्दिबास नगरपालिकालाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ