जबरजस्ती करणी गर्ने युवक पक्राउ

समाचार

मोरङ, ९ जेठ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बेलबारी नगरपालिका–३ खोरिया टोल बस्ने २० वर्षीय नबिन महरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महराले ती बालिकालाई आफ्नै घर कोठाभित्र लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ