करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

समाचार

सप्तरी, ९ जेठ । करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महादेवा गाउँपालिका ६ ढिकुलीका २५ वर्षीय जवाहर मण्डल रहेका छन् ।

मंगलबार बिहान आफ्नै घरको छतमा जस्तापाता राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

सख्त घाइते जवाहरलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।

करेन्ट लागेका जवाहरलाई छुटाउन जाँदा उनका काका ५१ वर्षीय उमेश मण्डललाई समेत करेन्ट लागेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ