काठमाडौं, १० जेठ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको छ ।
सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरिएको जनमतकी सचिव अनिता साहले जनाएकी छन् ।
पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि शुक्रबार बैठक आह्वान गरिएको सचिव साहले बताएकी हुन् ।
तपाईको प्रतिक्रिया