रुपन्देही, ११ जेठ । बुटवलमा दुईदिने रोजगार मेला (जब फेयर) सम्पन्न भएको छ । मेलामा अधिकांश कलेज पढ्ने विद्यार्थीहरु सहभागी भएका थिए ।
सो रोजगार मेलामा साढे पाँच सयभन्दा बढीले रोजगारीको लागि आवेदन दिएका छन् ।
त्यसबाहेक गृहिणी, विविध कारणले काम छोडेर बसेका, वैदेशिक रोजगारीबाट फर्किएका लगायत रहेका थिए । मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी थिए ।
जसमा तीन करिब ३ सय जनलाई रोजगारीको अवसर थियो । मेलामा आएर आवेदन दिएकाहरूबाट उद्योग प्रतिष्ठानहरूमा आवश्यक जनशक्ति अनुसार प्रारम्भिक छनौट गरिएको ती उद्योग प्रतिष्ठानका प्रतिनिधिहरूले बताएका छन् ।
रोजगारीको अवसर खोजेर मेलामा आएकाहरूले आफ्नो क्षमता र चाहना अनुसारको कामको छनौट गरेका थिए भने त्यसका आधारमा उद्योग प्रतिष्ठानले प्रारम्भिक अन्तरवार्ता गरेर सर्ट लिस्टिङ् गरिएको र थप अध्ययन गरेर उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार काममा बोलाइने उनीहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया