कपिलवस्तु, ११ जेठ । नेपाल नेत्र ज्योति संघ तौलिहवाले विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा चेकजाँच गर्न सुरु भएको छ ।
विद्यार्थीलाई लक्षित गर्दै आँखा अस्पतालले कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट आँखा चेकजाँच गर्न सुरु भएको हो ।
अस्पतालले गाउँपालिकाको वडा नम्बर ५ बैदौलीस्थित अनिरुद्ध पब्लिक माविमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको थियो ।
अस्पतालले दृष्टि समस्या देखिएका २३ विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरेको थियो । अस्पतालका दृष्टि विशेषज्ञ प्रमोद यादव नेतृत्वको टोलीले आँखा परीक्षण गरेको थियो ।
विद्यालयले स्वास्थ्य फोकल शिक्षकमार्फत नजिक तथा टाढा देख्न सक्ने नसक्ने विद्यार्थीको चेकजाँच गरेको हो ।
तपाईको प्रतिक्रिया