राष्ट्रघाती र देशद्रोहीलाई तह लगाउन मातृशक्ति अगाडि बढनुपर्छ : उपाध्यक्ष महासेठ

समाचार

काठमाडौं, १२ जेठ । हिन्दू परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष पिंकी महासेठले अब राष्ट्रघाती र देशद्रोहीलाई तह लगाउन मातृशक्ति अगाडि बढ़नुपर्ने कुरामा जोड दिएकी छन् ।

संचारकर्मीहरुसँग कुराकानी गर्दै महासेठले भनिन्, ‘नेपाली नागरिकलाई बिदेशी बनाउने राष्ट्रघाती र देशद्रोहीलाई कडा कारवाही हुनु पर्छ ।’

राक्षसलाई समाप्त गर्न माता दुर्गाले तह लगाई र हाम्रा देवीदेवताले हामीलाई हरेक कार्य गर्न प्रेरणा दिएको इतिहास साक्षी रहेको उनले बताइन् ।

उनले भनेकी छन्, ‘देश र समाजभित्र रहेको विकृतिलाई समाप्त गर्न अब नारी शक्ति अगाडि बढ़ने बेला आएको छ । हाम्रो काम मात्र खाना पकाउने होइन ।’

नारी शक्तिको महत्व र साहसको उदाहरण सतयुगदेखि हालसम्म रहेको उनले बताउँदै भनिन्, ‘आउनुहोस हामी नेपाली मिलेर आफ्नो पहिचान सनातन हिन्दू राष्ट्र नेपाल पुनःस्थापना र राष्ट्रघाती तथा देशद्रोहीलाई तह लगाउने कार्यमा सहकार्य गरौ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ